सृजना नेपाल


ADVERTISEMENT


तिमी जागिरे
म बेरोजगारी
तिमी दिनभरी कार्यालय जान्छौ
म दिनभरी घरमा बस्छु
किनकी म बेरोजगारी हुँ ।


ADVERTISEMENT

# # #


तिमी जागिरे बिहानभरी सुत्छौ
म बेरोजगारी बिहान सबेरै उठ्छु
म बेरोजगारी पुजापाठ घर सरसफाई सकेर
तिमीलाई ओछ्यानमा चिया पुर्‍याउँछु
तिमी मोबाइल चलाउदै चियाको चुस्की लिन्छौ
म हस्याङफस्याङ गर्दै खाजा नास्ता गर्न थाल्छु
किनकी म बेरोजगारी हुँ ।

तिमी जागिरे घडी हेर्दै
घरी पत्रिका पढ्ने
घरी मोबाइल चलाउने गर्छौ
तिमी घडी हेर्छौ कार्यालय ठिक समयमा पुग्नको लागि
म घडी हेर्छु तिम्रो लागि
कहिलेकाही लाग्छ
यी पाउले पनि हातको नै काम गरून् ।

म बेरोजगारी
दिनभरीको थकान चारप्रहर नसकिदै झिसमिसमा उठ्ने मेरो दैनिकी
तिमी जागिरे
तिम्रो सातामा एकदिन छुट्टि हुन्छ
तर,
मेरो लागि त सातै बार यस्तै दैनिकी चल्छ।
तिमीले चाडबाडमा बिदा पाउँछौ
मेरो त चाडबाडमा झन् ओटी गर्नुपर्छ
किनकी म बेरोजगारी हुँ।

तिमी शहरबाहिर मिटिङ ट्रेन्डिङ सेमिनार गर्दै
आफुलाई अभ्यस्त गर्छौ
म पनि युटुब हेरेर तिम्रो र तिम्रै परिवारको लागि
मिठामिठा भोजन बनाउन अभ्यस्त हुन्छु।
तिमीले महिना मरेपछी तलब पाउँछौ
तिमी जागिरे हौ
म पनि महिनाभरीका लागि
किनेका सिन्दुर टीका सकिँदा
तिमी सङ हात थाप्छु
किनकी म बेरोजगारी हुँ नि त…।