काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र बिकासको नेतृत्व गर्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै ओलीले वर्तमान सरकार नेपाललाई विकसित देशको रुपमा रुपान्तरण गर्न नसक्ने बजेट ल्याएको सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न नसक्ने बताएका हुन् । उनलले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता, नेपालको समृद्धिका साथै देशको हित विपरित आएको बजेटलाई स्वीकार गर्न नसकिने जिकिर गरे ।


ADVERTISEMENT

# # #


बजेट संसदबाट अंकणीतिय हिसावले पास हुन सक्ने भएपनि व्यवहारिक रुपमा नै पारित हुनुपर्ने उनले बताए । उनले गठबन्धनको जीवनरक्षाका लागि मात्रै आएको बजेट भएको र नेपाल र नेपालीको हितका लागि नआएको तर्क गरे । यस्तै ओलीले सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले दिएको सुझावलाई वेवास्ता गरिएको भन्दै बजेटले लिएको लक्ष्य पूरा नहुने दाबी गरे ।

उनले पूजीगत खर्च घटाउनु युवाहरुको अपेक्षालाई पुरा गर्न नसक्नु मात्रै भएको पनि बताए । घट्दो पूजीगत खर्चबाट मुलुकको आर्थिक विकासको लक्ष्य समेत पूरा हुन नसक्ने उनले बताए । एमाले अध्यक्ष ओलीले सम्पूर्ण नेपाली र नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्यापमा बजेट प्रस्ताव गर्न चुकेको जिकिर गरे ।

उनले रोजगारीको अवसर सिर्जना गर्ने, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्ने, बढ्दो मूल्य नियन्त्रण गर्ने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी बनाउने लक्ष्य बजेटले लिन नसकेको धारणा राखे । उनले अहिले पन्ध्रौँ पञ्चवर्षीय योजनाको अन्तिम वर्ष भएकाले त्यो पूरा गर्ने अगामी १६ औँ पञ्चवर्षीय योजनाको सुरुवातका लागि समेत बजेटले स्पष्ट खाका तयार गर्न नसकेको बताए ।

उनले राष्ट्रिय आत्मनिर्भरता खाधान्न भएपनि व्यवसायीक कृषिका विषयमा बजेट मौन रहेको बताए । ओलीले बजेटमा रहेका अव्यवहारीक बिषयहरुलाई सच्चाउनुपर्ने बताए । सत्ता अहंकारले बजेटमा परिवर्तन नगरे परिणामले सत्ता अहंकारको भूत झारिदिने उल्लेख गरे ।