काठमाडौँ –सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का दुई अधिकारीको शव भेटिएको छ ।


ADVERTISEMENT


सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेतको टोलीले घटना भएको पाँचौँ दिनमा उनीहरुको शव दुर्घटनाग्रस्त गाडीमै भेटाएको हो । यस्तै एक जना भने अझै बेपत्ता रहेकका छन् । फेला परेका शवको विवरण आउन बाँकी रहेको छ ।


ADVERTISEMENT

# # #


सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए। चालक कृष्ण चौधरी घाइते अवस्थामा आफै पौडिएर निस्किएका थिए ।