मोरङ– नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् ।


ADVERTISEMENT


बूढीगंगा–२ का, गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले तीन लाख रुपैयाँ र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए । एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा भएकी अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए ।


ADVERTISEMENT

# # #


बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरीसमेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए ।

गिरानन्द पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एकजनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिए । रासस