काठमाडौँ– चीनले दरबार हाईस्कूलको नक्सा अबिलम्व फाइनल गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

चिनीयाँ दूतावास टोलीसँग सोमबार बसेको बैठकमा दरबार हाईस्कूलको नक्सा छिटो फाइलन गर्न आग्रह गरेको शिक्षा मन्त्रालयका सहसचिव डिल्ली रिमालले बताए।


ADVERTISEMENT

# # #


उनले भने, ‘दरबार हाईस्कूलको नक्सा पुरातत्व विभागले फाइनल गरेको छ। तर पहिला जस्तो थियो त्यस्तै शैलीमा बनाउनुपर्छ भनेको छ।’
चीनले तयार गरेका डिजाइनअनुसार विद्यालय ४ तल्लाको हुनेछ।

१२६ वर्षअघि यूरोपेली शैलीमा निर्माण भएको यो विद्यालयलाई रेट्रोफिट गरी बचाउनु पर्ने सम्पदाविद्हरूको माग रहेको छ।

प्रतिकृया

प्रतिकृया