काठमाडौँ– एनआईसी एशिया बैंकले दुईवटा शाखा विस्तार गरेको छ । बैँकले तनहुँको आँबुखैरेनी र गोरखा नगरपालिकाको हरमटारमा आजबाट औपचारिक रुपमा शाखाको उद्घाटन गरेको हो ।


ADVERTISEMENT


आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाले आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्री श्रवण कुमार जोशीले गोरखा शाखाको औपचारिक रुपमा गरेर शाखा विस्तार भएको हो ।


ADVERTISEMENT

# # #


शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।