काठमाडौ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेट भएको छ । प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान साढे ७ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए ।


ADVERTISEMENT


भेटमा वाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे दुई नेताबीच कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । नेता सिंहले वामपन्थीहरू मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताए ।

भेटमा दुवै नेताहरू राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् ।