काठमाडौं-पाकिस्तानका रक्षामन्त्री खुर्रम दस्तगीर खानले अमेरिकासँग गुप्तचर र सुरक्षा सहयोग बन्द गरेको बताएका छन् । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको साढे २५ करोड अमेरिकी डलर बन्द गरेलगत्तै पाकिस्तानको यस्तो भनाइ आएको हो ।


ADVERTISEMENT


डानका अनुसार रक्षामन्त्री दस्तगीरले अमेरिकासँग स्पष्ट रूपमा वार्ता गर्नुपर्ने समय आएको बताएका थिए । उसले आतंकवादलाई साथ दिएको भनेर पाकिस्तानमाथि आरोप लगाइरहँदा चुप लाग्न नहुने पनि दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले मंगलबार इस्लामाबादमा आयोजित इन्स्टिच्युट अफ स्ट्र्याटिजिक स्टडिजको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘अमेरिकासँग गुप्तचर र सुरक्षा सहयोग अत्यधिक परिमाणमा हुने गरेका थियो । यसलाई हामीले रोकिदिएका छौं । अमेरिकाले हामीलाई दिने सहयोगले केही अर्थ राख्दैन । विगत १५ वर्षमा करोडौं डलर खर्च गरे पनि अमेरिकाले अफगानिस्तानमा जित हात पारेन, खाली ४० प्रतिशत हिंसा मात्र नियन्त्रण गर्न सक्यो ।’

पाकिस्तानको भूमिमा आतंकवाद बढेको छ भन्ने अमेरिकाले अफगानिस्तानको हिंसा किन रोक्न सक्दैन भनेर उनले प्रश्न गरे । अफगानिस्तानमा पराजित हुनुपरेको अमेरिकाले आफ्नो कमजोरी लुकाउन पाकिस्तानलाई बलिको बोको बनाउन खोजेको भन्दै आलोचना गरे । खुर्रमले भने, ‘पाकिस्तानले आफ्नो कुर्बानीको मूल्य खोजेको छैन तर त्यसलाई मान्यता दिइयोस् भन्ने हाम्रो चाहना हो ।’

अफगानिस्तानसँगको लडाइँ पाकिस्तानी भूमिबाट लड्न दिन नहुने उनले बताए । पाकिस्तानस्थित अमेरिकी दूतावासका प्रवक्ताले भने यसबारेमा इस्लामाबादले आधिकारिक जानकारी नदिएको बताए ।