काठमाडौं-त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा. गोविन्द केसीले केहीबेरमा अनशन तोड्दै छन् । शनिबार बिहान १० बजे आयोजना गरिएको पत्रकार सम्मेलनपछि सिराहा सखुवानान्कारकट्टी गाउँपालिका-२ का ४८ वर्षीय नभुनीया मोचीले जुस खुवाएसँगै डा. केसीले अनशन तोड्ने छन् । मोची अस्पतालमा उपचारका लागि आएका विरामी हुन् ।


ADVERTISEMENT


गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन सुरू गरेका थिए। शुक्राबार राति केसी पक्ष र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको थियो।


ADVERTISEMENT

# # #


शुक्रबार महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा. स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भई भोलि अनशन तोडने सहमति भएको छ।

सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा. डा. जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन्।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका केसीलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो। यो उनको १४ औं आमरण अनशन हो।