काठमाडौं-पूर्वपश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको भाँसी नजिकै बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट पूर्वतर्फ गइरहेको लु १ ख ८६९४ नम्बरको बसको ठक्करबाट एक मोटरसाइकल सवारको मृत्यु भएको हो ।


ADVERTISEMENT


जिल्ला कृषि विकास कार्यालय नजिकै बजार तर्फ आइरहेको मोटरसाइकलमा सवार युवकलाई बसले ठक्कर दिएको हो । तीब्र गतिमा रहेको बसको ठक्करबाट मोटरसाइकल चालक बेदकोट नगरपालिका ९ लालपुरका २८ वर्षीय मनोज बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


बसको ठक्करबाट मृत्यु भएका बोहराको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । ठक्कर दिएको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।