एजेन्सी–  भारतले सूर्यमा आफ्नो पहिलो मिसन प्रक्षेपण गर्ने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सूर्यमा आफ्नो पहिलो अवलोकन मिसन सुरु गर्ने तयारी गरेको हो।


ADVERTISEMENT


आदित्य १ नाम दिइएको उक्त प्रक्षेपण आजै आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट बिहान ११ बजेर ५० मिनेटमा उडान सुरु हुने भारतीय संचार माध्यमले जनाएका छन्। यो पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान छ।


ADVERTISEMENT

# # #


उक्त दूरी पार गर्न आदित्य १ लाई करिब चार महिना लाग्ने बताइएको छ। सौर्यमण्डलको सबैभन्दा ठूलो वस्तुको अध्ययन गर्न भारतको पहिलो अन्तरिक्ष आधारित मिशन सूर्यको नाम आदित्य राखिएको हो।

सो यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ। भारतीय अन्तरीक्ष अनुसन्धान एजेन्सी (इसरो) एक पटक अन्तरिक्ष यानले उडान भरेपछि सूर्यको नजिकै वतरण गर्नुअघि नै पृथ्वीको पटक –पटक पटक परिक्रमा गर्ने छ। यान प्रक्षेपण अघि यसको सफलताको लागि इसरो प्रमुख एस सोमनाथले आन्ध्र प्रदेशको तिरुपति जिल्लाको चांगलम्मा रहेको मन्दिरमा पूजा अर्चना गरेका भारतीय संचारमाध्यमले जनाएका छन्।