काठमाडौं-आगामी फागुन २० गतेदेखि जिम्वाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सोमबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता फागुन २० सुरु भएर चैत ११ गते सकिने छ ।


ADVERTISEMENT


छनोट प्रतियोगितामा विभिन्न १० टिमले सहभागी जनाउनेछन् । सहभागी भएका टिममध्ये शीर्ष २ टिम सन् २०१९ मा हुने एकदिवसीय विश्वकप खेल्ने छन् ।


ADVERTISEMENT

# # #


समूह विभाजन

समूह ए – वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र डिभिजन २ को विजेता

समूह बी – अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ र डिभिजन २ को उपविजेता

दुई समूहमा विभाजित टोलीले पहिलो चरणमा लिग खेल खेल्दै समूहका शीर्ष ३–३ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा पुगेका दुई शीर्ष टोली विश्वकपमा छनोट हुनेछन्।

कस्तो छ नेपालको सम्भावना ?

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्न नसकेको नेपालले आगामी फेब्रुअरी दोस्रो सातादेखि नामिबियामा सुरु हुने डिभिजन २ मा प्रतिस्पर्धा गर्दैछ ।

डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले एक आपसमा प्रतिस्पर्धा गर्दैछन्। यदि डिभिजन २ मा नेपाल कम्तिमा शीर्ष २ भित्र पर्न सके मात्र एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।

यदि उक्त प्रतियोगिताको विजेता बनेमा नेपाल एकदिवसीय विश्वकप छनोटको समूह ए र उपविजेता बने समूह बीमा पर्नेछ ।