काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताउँदै यस्तै अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताए ।


ADVERTISEMENT

# # #


उनले अस्पतालहरुको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पारे । अस्पतालहरुमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उनले जनताको सेवाका लागि दरबन्दी थप गरिने उल्लेख गरे । दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको उनको भनाई छ ।

मन्त्री बस्नेतले आफु अहिले निःशुल्क स्वास्थ्य उपचारको अभियानमा रहेको बताउँदै पैसाको अभावमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने जनाए । फरक प्रसंगमा बोल्दै उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न आफु सकारात्मक रहेको उनले सुनाए ।