भरतपुर- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको निरीक्षण गरेका छन् ।


ADVERTISEMENT


अस्पताल निरीक्षणका क्रममा मन्त्री बस्नेतले पूर्वाधार सेवा लगाएतका बिषयमा चासो राखेका छन् । उनले अस्पतालका सेवा सुविधाबारे बिरामीहरुलाई जिज्ञासा समेत राखेका थिए ।


ADVERTISEMENT

# # #


सो क्रममा मन्त्री बस्नेतले देशकै केन्द्र भागमा पर्ने भरतपुर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिए । साथै उनले टिकट काउण्डरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइन मार्फत टिकट काट्ने व्यवस्था सर्वसाधारणलाई सहज हुने गरी व्यवस्थित गर्न पनि भनेका छन् । अस्पतालमा रहेका बेड र आइसियु बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्न समेत मन्त्री बस्नेतको निर्देशन छ ।

अस्पतालको नेतृत्वलाई उनले अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरुमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारबाही गर्न भनेका छन् ।

सो क्रममा उनले त्यहाँ न्यू आईसियी तथा सिसियू र पिआईसियूको उद्घाटन समेत गरेका छन् ।