काठमाडौं-मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक बुधबार बिहान सुरु भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तय गर्न सक्ने अनुमान गरिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाएपनि प्रदेश प्रमुख र अस्थायी मुकामका बारे थप छलफल गर्नुपर्नेभन्दै उनले बैठक आजलाई सारेका थिए ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मत परिणाम घोषणा गर्न सकेको छैन । यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न पनि संवैधानिक रुपमा अड्चन रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनको मतदातासमेत रहेका प्रदेशसभा सदस्यको नतिजा सार्वजनिक नहुँदा आयोगलाई चुनावी प्रक्रिया अघि बढाउन समस्या परेको छ । सरकारले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन मिति तोकिसकेको छ । प्रदेश प्रमुख नियुक्तिमा भइरहेको ढिलाइले राष्ट्रिय सभा निर्वाचन त प्रभावित हुनेछ नै, प्रदेश सरकार गठनमा समेत ढिलाइ हुनेछ ।