काठमाडौँ – नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज, २०८० को अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।


ADVERTISEMENT


कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरी वरिष्‍ठ उपरीक्षक दिनेश राज मैनालीले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रहरी महानिरीक्षक तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सम्पूर्ण नेपाली हिन्दु महिलाहरुका साथै नेपाल प्रहरी संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गरे ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय उपाध्यक्ष रुपा पौडेल थापाद्वारा शुभकामना मन्तव्यसहित कार्यक्रमको औपचारिक समारोहको समापन गरिएको थियो ।

तत्पश्चात उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

FB_IMG_16949518259851694952083.jpg

FB_IMG_16949521559391694952194.jpg

FB_IMG_16949518385321694952360.jpg