काठमाडौँ — नेपाल शिक्षक महासंघले भोलि मंगलबार (असोज २) गतेभित्र काठमाडौँ आइपुग्न शिक्षक तथा कर्मचारीहरूलाई निर्देशन दिएको छ ।
महासंघले शिक्षा विधेयकविरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघले बुधबारदेखि देशभरका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै गलत सूचनाको भ्रममा नपरी देशभरबाट मंगलबारभित्र काठमाडौं आउन आह्वान गरेको हो ।
महासंघले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयक शिक्षक कर्मचारी विरोधी भएको जनाएको छ ।