काठमाडाैँ – भोलि बुधबारदेखि देशभरका विद्यालय बन्द गरेर शिक्षा विधेयकविरुद्ध आन्दोलन गर्न लागेको नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच आज दिउँसो ३ बजे सिंहदरबारमा वार्ता हुँदैछ ।
एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले महासंघलाई वार्तामा बोलाएको हो । मन्त्रालयले आफ्ना असहमति वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेको छ ।
महासंघले शिक्षा विधेयक आम शिक्षक र कर्मचारी विरोधी भएको भन्दै संशोधन गर्न माग गरेको छ ।