रसुवा– सिप्ला सेक्युरिटीजद्वारा ‘लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम’ सम्पन्न गरिएको छ ।
सिप्लाले रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेस्थित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कार्यक्रमको विषय आमव्यक्तिका लागि आवश्यक रहेको भन्दै आगामी दिनहरुमा अन्य पालिकामा पनि यसको सञ्चालन आवश्यक रहेको बताए ।
सिप्ला सेक्युरिटीजका सिओओ राउल अग्रवालको अध्यक्षतामा समारोहमा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगको परियोजना तथा पर्यटन विकास सम्बन्धि विस्तृत जानकारी गराइएको थियो । संस्थाले विभिन्न विद्यालयलाई खेल सामग्रीहरू, स्वास्थ्य चौकीलाई सेनेटरी प्याड भेन्डिङ मेसिन र विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो समेत वितरण गरेको थियो ।
ओएकेटी. एम लाङटाङ एरिया कन्जरभेसन कन्सर्न सोसाइटी (लाकोस) को स्थानीय साझेदार रहेको उक्त कार्यक्रममा लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष उत्तम थापा, सिप्लाका सदस्य तथा स्थानीय बासिन्दाहरुको उपस्थित रहेकोे थियो ।