काठमाडौँ– विगत ४० बर्षदेखि नेपालको ब्यवसायिक सवारीको क्षेत्रमा माइलेजको बादशाह भनिने आइशरले दशैतिहार लक्षित नयाँ अफर सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


उल्लासमय पर्व माहोलका लागि कम्पनीले बतास एमएडब्लू कमर्सियल भेइकल (बी.एम.सी.वी.) ले दशैं तिहार स्कीमको घोषणा गरेको हो । जसमा ग्राहकले नयाँ आइशर गाडीको खरिद गर्दा उपहार रोजेर लिन पाइनेछ ।


ADVERTISEMENT

# # #


यस योजनाअन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउँने अवसर प्रदान गर्ने भएको छ । यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्न सक्नेछन् ।

उल्लेखित उपहारहरु बाहेक चालकलाई पाँच लाख रुपैयाँ, पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ ।

कम्पनीले ७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आएको छ ।

साथै हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर ब्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।