दाङ – प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङमा शुरु भएको आन्दोलनको अगुवाई राजनीतिक दलहरुले गर्ने भएका छन् ।


ADVERTISEMENT


यसअघि दाङ प्रादेशिक राजधानी सरोकार समितिको अगुवाईमा आन्दोलन भए पनि बिहीबार देखिको आन्दोलनमा प्रमुख दलहरु नै सहभागी भएका हुन । बिहीबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अब आन्दोलनको नेतृत्व प्रमुख दलले लिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


दलहरुको अगुवाईमा दिउँसो तीन बजे घोराही, तुलसीपुर, लमही लगायतका क्षेत्रमा वृहत प्रर्दशन गर्ने तयारी छ ।

दलहरु झण्डा र व्यानरसहित आन्दोलनको अग्रभागमा आउने भएका छन । बुधबार देखि नै पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा यातायात बन्द गरिएको छ । उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्था, बजार लगायत सम्पूर्ण बजार ठप्प छन ।

प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले सरकारले रुपन्देहीमा अस्थायी मुकाम तोक्ने निर्णय फिर्ता नभएसम्म पूर्वपश्चिम राजमार्गलाई कुनै पनि हालतमा चल्न नदिने जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका नेता निर्मल आचार्यले सरकारको विभेदकारी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नरोकिने जानकारी दिए । ‘सम्पूर्ण आधार हुँदाहुँदै दाङलाई अन्याय गरिएको छ,’ उनले भने, ‘अब आन्दोलनमा गाउँगाउँबाट जनताको सहभागिता रहन्छ ।’

नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले दाङ राजधानी गराउने कुरा यहाँका सम्पूर्ण राजनीतिक दलहरुको साझा एजेण्डा भएको बताए । काग्रेस नेता एवं निर्वतमान सांसद राजु खानाले पनि आन्दोल प्रति ऐवद्धता जनाउदै साझा एजेण्डामा सवै सहभागी हुन अनुरोध गरेका छन ।