• पुष्प कुमार शाही, उपाध्यक्ष नेपाल बिधार्थी संघ

नेबिसंघमा जुन बिबाद चुलिएको छ, खास भएको के हो ?


ADVERTISEMENT


कुनैपनि संघ संस्था , संगठन विधान अनुसार निर्देशित हुन्छ, त्यसै अनुसार चल्छ, विधान भन्दा माथी कोही पनि हुदैन । पछिल्लो चरणमा नेबि संघभित्र आन्तरिक द्धन्द जुन भएका छन् यो द्धन्दमा नितान्त आफ्नो र आफुलाई व्यक्तिगत स्वार्थ पूर्ती हुने गरेर आफुलाई केन्द्रमा राखेर सँस्थागत स्वार्थलाई गौण ठानेर मनोमानी तरीकाले साथीहरु अगाडि बढ्नुभएको छ त्यसैको परिणमस्वरुप अन्तरद्धन्द चर्कीएको अवस्था हो । र हामीले पटक पटक के भन्यौं भने विधानले निर्दशित गरेको छ नेबसंघलाई की कसरी संगठि गर्ने ? कसरी संगठनलाई चुस्त दुरुस्त बनाउने ? कसरी संगठनलाई गतशिलि बनाउने ? भन्ने बिषयमा ।


ADVERTISEMENT

# # #


यो त नेपाली कांग्रेसको भातृसंस्था हो, नर्सरी पनि हो, यो संगठनलाई थप कसरी मजबुत बनाउने र कसरी नयाँ नयाँ सदस्यता दिएर नयाँ नयाँ मान्छेहरुलाई नयाँ नयाँ युवाहरुलाई कसरी आकर्षीत गर्ने भन्ने कुरामा सम्पुर्ण कुराहरुमा विधान बोलेको छ । यसकारण विधान अनुसार अध्यक्षले काम गर्ने हो ।

यसको बिभिन्न तहसम्मको जो जुन ठाँउमा आसिन भएपनि उहाँहरुले विधान अनुसार काम गर्ने हो तर यहाँ समस्या के भयो भने विधानलाई गौण ठानेर आफुलाई केन्द्रमा राखेर आफु कसरी चर्चीत हुने ? आफु कसरी नेता बन्ने ? सबैलाइ भ्रममा राखेर आफुलाई केन्द्रमा राखेको कारणले पछिल्लो चरणमा यसरी बिभिन्न बिबाद मैलाउदै गएको अवस्था रहेको छ । हाम्रा लागि त संगठनको अगाडि व्यक्त्ति गौण हुने भएका कारणले संगठन महत्वपूर्ण कुरा हो । विधि र बिधान महत्वपूर्ण कुरा हो त्यसैले अध्यक्षले विधानको अक्षरस पालना गरेर अगाडि बढ्नुपर्छ भनेका छौ र उहाँ बढिराख्नु भएको छ । यो बीचमा अध्यक्षज्युले अनुसासन समितिको गठन गर्नुभएको छ । जुन कि विधानमा अध्यक्षले अनुसासन समितिको सदस्य बनाउने , एउटा संयोजक दुईजना सदस्य बन्ने भन्ने कुरा विधानमा निर्देशित हुदाहुदै अध्यक्षले बनाईसकेपछि त्यसका बिरुद्ध महामन्त्रीज्युले अर्को अनुसासन समिति गठन गर्नुभयो जो विधानविपरीत रहेको छ ।

एकजना उपाध्यक्षले विधानलाई मिचेर केन्द्रिय समितिको निर्णय नभएर अध्यक्षसँग कुनैपनि सरसल्लाह नगरेर अध्यक्षलाई इग्नोर गरेर, संगठनलाई इग्नोर गरेर, विधि र विधानलाई इग्नोर गरेर उहाँ एकलौटी रुपमा आफै अगाडि बढनु भएको छ र उहाँले म उपाध्यक्ष हो अध्यक्ष भन्दा के कम ? मेरो पनि जिम्मेवारी उहाँको भन्दा कम छैन भन्ने एउटा महत्वकाक्षां भएका कारणले २ ३ वटा कार्यक्रम गर्नुभयो र त्यसपछि उहाँँले बिभिन्न कलेजहरुमा बिभिन्न ठाँउमा पैसा उठाउनुभयो , पैसा उठाएर उहाँ कार्यक्रम गरिरहनु भएको छ, त्यसकारण उहाँलाई स्पष्टिकरण सोधिएको छ र ३ दिनभित्र उहाँको स्पष्टिकरण आएन भने त्यसपछि संगठनले एक्सन लिन्छ ।

र यो संगै कहीँ नभाको जात्रा हाँडीगाउमा भने झै नेबिसंघको केन्द्रिय अध्यक्षको स्पष्टिकरण सोध्ने, कारबाहि गर्ने अधिकार भनेको विधानमा नेबिसंघमा कसैलाई पनि छैन । एउटा अधिकार भनेको हाम्रो मातृ पार्टी नेपाली काङ्ग्रेसको केन्द्रीय समितिलाई छ । जुनसमितिले अध्यक्षले गल्ती गरेमा पार्टीले उहाँलाई कारबाही गर्नसक्छ । स्पष्टिकरण सोध्न सक्छ । बिगतका इतिहास पल्टाएर हेर्ने हो भने केन्द्रिय समितिहरु बिगठन भएका छन् र बर्खास्त पनि गरीएको छ ।

नेबिसंघको एघारौं महाअधिवेशन पश्चातः हामी निर्वाचित भएर आयौ, आइसकेपछि नेबिसंघले थुप्रै कामहरु गरेको छ । यो कामहरुमा हामीले ३ लाख ५० हजार देशभर सदस्यता बनाईसकेका छौं । त्यो सङ्गसङ्गै हाम्रो पालामा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन पनि सम्पन्न भएको छ । लामो समयसम्म ०६४/०६५ सालदेखि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नभएको अवस्थामा हाम्रो पहलमा सबै स्वतन्त्र बिद्यार्थी संगठनहरुलाई बिस्वासमा लिएर निर्वाचन भनेको लोकतन्त्रको फल हो, त्यसकारण स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन जसरी पनि सम्पन्न गर्नुपर्छ भनेर अध्यक्षज्यु लाग्नुभो र त्यसको परिणम स्वरुप देशभर स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न भयो । नेबिसंघ यो देशको सबैभन्दा ठूलो बिद्यार्थी संगठनको रुपमा निर्वाचित भएको छ । हामीले १०९ वटा सिट जितेका छौं, स्ववीयु सभापति जितेका छौ । त्यसकारण पछिल्लो चरणमा स्थानीय निकायको निर्वाचन, तथा प्रदेश र केन्द्रको निर्वाचनमा नेबिसंघका सबै साथीभाइहरुलाई हामीले केन्द्रबाट बिभिन्न जिल्लाहरुमा प्रतिनिधिहरु तोकेका थियौ ।

तद अनुरुप नेबिसंघका साथीहरुले काम गर्नुभएको छ। स्वभाबिक रुपमा नेपाली कांग्रेस हाम्रो मातृपार्टीले जुन रुपमा आफ्नो पक्षमा परिणाम ल्याउनु पर्थ्यो त्यो ल्याउन सकेन । त्यसको प्रमुख कारण भनेको बाम गठबन्धन पनि हो । एकताले गर्दा नेकाले हार ब्यहोर्नु परेको हामी स्वीकार्छौँ । देशभरीका अगुवा कार्यकर्ताहरु बोलाएर राजधानीमा प्रशिक्षण कार्यक्रम र नेबिसंघको नेतृत्वमा यस्ता थुप्रै ठूला कामहरु भएका छन् निर्वाचन अघि । एउटा व्यक्तिगत स्वार्थमा लिप्त भएर अध्यक्षलार्इ लान्छना लगाएर आफु पानीमाथीको ओभानो बन्न खोज्नु गलत हो भन्ने मलाई लाग्छ।

समस्या र समाधान के हो त उसो भए ?

समस्या के हो भने नेबिसंघमा २३ जना निर्वाचित भईसकेपछि अध्यक्षलाई बहुमतले निर्णय गर्नको निम्ती विधानले सहुलियत दिएको छ । र वर्तमान अध्यक्ष नैनसिंह महर ज्युले काम गरेका साथीभाइहरुले , संगठनमा समर्पित भएर लामो समय सम्म काम गरेका र संगठनको हितमा काम गरेका इमान्दार साथीहरुलाई उहाँले मनोनयन गरेर ल्याउनु भएको छ । पार्टीमा शुसिल कोइराला निर्वाचित भएर आईसकेपछि मनोनित गर्ने ठाँउमा अर्को पक्षलाई सदस्य समेत दिन सकेको थिएन । प्रदिप पौडेल नेविसंघको केन्द्रिय अध्यक्ष हुदाँ एकैचोटी देशभर पैतिस जिल्ला कार्य समिती , ३० वटा इकाई समितिहरु बिगठन गर्नुभएको थियो । विधान विपरीत गएर उहाँहरुले गरेको काम सबै ठिक हुने ? जो नेबिसंघको सुबिधा प्रयोग गर्दा अमान्य हुने ? त्यसले गर्दा समस्या सिर्जीत भएको हो । खास समस्या केहि होईन, १२ औं महाधिवेशनमा नेबिसंघ केन्द्रित छ । लगत्तै नेबिसंघको केन्द्रिय समिति बैठक बोलाई महाधिवेशन केन्द्रित हुनेछौं र देशका सबै स्थानमा महाधिवेशनको तयारी गर्छौं र अगाडी बढ्ने छौं।

अन्त्यमा केही भन्नु छ ?

अनि त्यो सङ्ग सङ्गै म के निबेदन गरौ भने नेबि संघको केन्द्रिय अध्यक्षलाई जुन ठाँउमा समितिहरु खाली छन् जहाँ नेबि संघको अधिवेशन भएको छैन र कसैको कार्यकाल समापन भएको छ । त्यो ठाँउमा उहाँले आफुलाई ठिक लागेको मान्छेलाई स्वःबिबेकले निर्णय गरेर ल्याउने अधिकार रहेको छ । त्यही अनुरुप त्रिबिमा उहाँले सम्झना खत्रीको अध्यक्षतामा समिति दिनुभएको छ । त्यसैगरी सिटिईभिटिको अध्यक्षपनि राजेश के सी निर्वाचित भएर आइसकेपछि केन्द्रिय समितिमा खाली भईसकेपछि विधानमा भए अनुरुप माथिल्लो स्तरको पदमा गएपछि त्यो भन्दा तलको पद स्वतः खारेज हुने व्यवस्था रहेकोछ । त्यसैले सिटिईभिटिमा खाली भईसकेपछि गणेश धामीको नेतृत्वमा अध्यक्षले तोकेर दिनुभयो । हामी लोकतान्त्रिक पार्टीको कार्यकर्ता भएको नाताले सिस्टमलाई फलो र स्टाब्लिस् गर्ने हो । हामी लोकतान्त्रिक सिद्धान्तलाई फलो गर्ने पार्टीका कार्यकर्ता भएका कारणले अनसन बसेर जर्बजस्ती गरेर मतदाताहरु लिने, भागबण्डा खोज्ने, जर्बजस्ती हत्याउन खोज्ने जस्ता किसिमका क्रियाकलापहरुले लोकतन्त्रको सुदृढीकरण हुदैन, यस्ले लोकतन्त्रलाई हानी गर्छ र एउटा लोकतान्त्रिक पार्टीको हैसीयतले बिद्यार्थी संगठनका क्याडरहरुले वा नेताहरुले यस्तो विधानलाई मिचेर अगाडी बढ्ने दुस्प्रयास गरेको छ, त्यो मान्य हुदैन । अध्यक्षज्यु विधान र विधि अनुसार त्यसलाई सम्मान गर्दै अक्षरस लागु गरेर अगाडी बढ्नुहुन्छ र संगठनलाई गतिशिल बनाउनु हुन्छ ।

बिगतका दिनहरुमा जस्तै केही साथीहरुबाट धम्क्याउने थर्काउने र चन्दा आतँक मच्चाउने गरेको हामीले पाएका छौं । त्यसको बिरुद्ध हामीले धावा पनि बोलिसकेका छौं । साथै उहाँहरुको स्रोतलाई बन्द पनि गरिसकेका छौं । त्यसपछि उहाँहरु भड्किनु भएको छ ।

उहाँहरु पानी बिनाको माछा झै छट्पटाएर रोदन र क्रन्दन निकालिरहनु भएको छ ।

कसैसँग जबरजस्ती गर्न पाइदैन । धम्क्याएर, थर्काएर आर्थीक प्रलोभनमा पर्नु हुदैन नेबिसंघको सच्चा सिपाही भएका कारणले मेहेनत गरेर खाने, चन्दाको नाममा धम्क्याउने थर्काएर आर्थीक जोहो गर्नमिल्दैन। यस्तो आर्थिक अपारदर्शिता र अनियमितताको बिरुद्ध अध्यक्षज्यू हुनुहुन्छ ।

बिगतका समयदेखि फेक लेटरप्याडमा भए गरेका अनैतिक कामहरुको बारेमा हामी छानबिन गरिरहेका छौं । छानबिन पछि स्पष्टिकरण सोधेर कानुनी दायराभित्र कारबाहि अगाडी बढाउने छौ ।