दिपायल – दिपायलको पिपल्ला बजारमा आइतबार दिउँसो भएको आगलागी अझै पनि नियन्त्रण लिन सकिएको छैन् । जेबी आयल स्टोरबाट सल्केको आगोले राष्ट्रिय वाणिज्य बैंक सहित वरपरका ५ भन्दा बढी पसलमा क्षति पुर्याइ सकेको छ ।


ADVERTISEMENT


नेपाली सेना, प्रहरी तथा स्थानीयहरूले आगोलाई निभाउन खोजे पनि दमकलको अभावमा आगो निभाउन सकिएको छैन् । दिपायल सिलगढी नगरपालिकाको दमकल बिग्रेको कारण आगो निभाउन गाह्रो परेको हो ।


ADVERTISEMENT

# # #


आगो नियन्त्रण बाहिर भएको कारण अहिलेसम्म कति मानवीय र भौतिक क्षति भए भन्ने एकीन हुन् सकेको छैन् । आगो निभाउनका लागि छिमेकी जिल्ला डँडेलधुराबाट दमकल मगाइएको छ । आगो निभाउन दुई वटा दमकलका साथै नेपाली सेना र प्रहरीले प्रयास गरिरहेका छन् । तर आगो अझै नियन्त्रणमा लिन सकिएको छैन ।