काठमाडौं-इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ । बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ ।


ADVERTISEMENT


निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ अर्ब १६ करोड, २०७३/०७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । २०७४/०७५ को पुस १५ सम्ममा ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको उनले बताए ।


ADVERTISEMENT

# # #


हाल आयात गरिएको इन्धनमा भन्सार बिन्दुमै पूर्वाधार कर (बूढीगण्डकी जलविद्युत आयोजनाका लागि) लाग्छ । सोही अनुसार उक्त रकम सरकारी ढुकुटीमा संकलन भएको छ ।

निगमले पेट्रोल, टिजेल र हवाई इन्धन(आन्तरिक र अन्तराष्ट्रिय)मा प्रतिलिटर ५ रुपैयाँको दरले पूर्वाधार कर लगाउँछ । मटितेल र एलपी ग्यासमा भने शुल्क उठाउँदैन ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी भन्सार बिन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर लगाउने निर्णय गरेका थिए ।

सोही अनुसार निगमले बजेट भाषणको भोलिपल्ट (जेठ १६ गते) देखि रकम संकलन गर्दै आएको जनाएको छ ।-आजको कान्तिपुरबाट