काठमाडौं-भाडामा सञ्चालन हुँदै आएको प्रहरी कार्यालय १२ बैशाख ०७२ को भूकम्पले जोखिमयुक्त बनाउपछि इलाका प्रहरी कार्यालय बचौरका प्रहरी त्रिपालमुनिबाटै सर्वसाधारणको सुरक्षा दिइरहेका छन् ।


ADVERTISEMENT


भूकम्प गएको ३२ महिना भइसक्दा पनि स्थायी बसोवासको व्यवस्था नहुँदा प्रहरी नै असुरक्षित बनी सर्वसाधारणको सुरक्षा दिन बाध्य भएको छ ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालयका लागि बनेको नयाँ भवन सम्झौताअनुसार नभएको भन्दै प्रयोग नगरेपछि साविकका तीन गाविस कार्य क्षेत्र भएको इलाका प्रहरी कार्यालय त्रिपालमुनि बस्न बाध्य भएको हो। आजको नयाँ पत्रिकाबाट