काठमाडौं-विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल ६ स्थान माथि उक्लिँदै १६५औं स्थानमा आएको छ ।


ADVERTISEMENT


अघिल्लो महिना १७१ औं स्थानमा रहेको नेपालले पछिल्लो समय ठूलो फड्को मारेको हो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT

# # #


नेपाल भन्दा माथि रहेको भारतसमेत २ स्थान माथि उक्लिएर १०२ औं स्थानमा पुगेको छ भने १४८औं स्थानमा अफगानिस्थान यथावत छ । ५ स्थान माथि उक्लिएको माल्दिभ्स १५० औं स्थानमा छ।

दक्षिण एसियामा नेपाल भन्दा तल चार राष्ट्र रहेका छन् । नेपालपछि भुटान १८८ औं स्थानमा रहँदा बंगलादेश १९७ औं स्थानमा छ । त्यस्तै श्रीलंका २०० औं स्थानमा र दक्षिण एसियाको पुछारमा पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।

नयाँ वरियताको शिर्ष १४ स्थानसम्म फेरवदल भएको छैन । शीर्ष स्थानमा जर्मनी यथावत रहेको छ । त्यस्तै ब्राजिल , पोर्चुगल, अर्जे्न्टिना र बेल्जियम दोस्रोबाट क्रमश पाचौं स्थानसम्म रहेको छ । नयाँ वरियतामा स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली छैटौंबाट दशौंसम्म रहेका छन्। इंल्याण्डलाई पछि पार्दै क्रोएसिया १५औं स्थानमा आइपुगेको छ ।

एसियाली बरियतामा इरान शीर्ष स्थानमा रहँदै ३४औं स्थानमा छ भने दोस्रोमा अष्ट्रेलिया तेस्रोमा जापान तथा चौथोमा दक्षिण कोरिया छन् । विश्वकपको लागि टिकट काटेको साउदी अरेबिया ६५औं स्थान सहित एसियामा पाँचौ स्थानमा अटाएको छ।