काठमाडौं(रासस)-चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा विहिबार बेलुकी सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।


ADVERTISEMENT


विहिबार बेलुकी ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


ADVERTISEMENT

# # #


खाटमा सुतिरहेका उनलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरिएको परिवारको भनाइ उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ ।

उनको घाँटीमा डामजस्तो देखिएको छ । मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।