काठमाडौँ– तराईका शीतलहर पीडित समुदायलाई युवा संघ नेपालले राहत वितरण गर्ने भएको छ । जाडोले प्रभावित भइरहेका समुदायको लागि युवासंघले न्यानो वितरण गर्न लागेको हो ।


ADVERTISEMENT


सिरहाको कल्याणपुरस्थित मुसहर र डोम बस्तीका शीतलहर पीडितलाई राहत वितरण गर्न लागेको युवा संघ सचिवालय सदस्य रमेश आचार्यले जानकारी दिए । संघले काठमाडौँमा राहत संकलन गरेर सिरहातर्फ प्रस्थान गरिसकेको छ ।


ADVERTISEMENT

# # #


यसवासंघका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष चन्द्र लामा तथा सिरहा-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेकपा एमालेका केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठ लगायतको टिम राहत वितरणका लागि उक्त बस्तीतर्फ जाँदै गरेको सदस्य आचार्यलाई जानकारी दिए ।