काठमाडौं– वीरगंजस्थित नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन सुरु गरिएको छ । सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सीमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एकघण्टे धर्नासहित विरोध प्रर्दशन गरेको हो ।


ADVERTISEMENT


त्यस अवसरमा ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपालले नापीको जिम्मा लिएको नापी विभागकै कारण नेपालले एकपछि अर्को ठाउँको जमिन गुमाउँदै जानुपरेको आरोप लगाए । ग्रेटर नेपालले भारतले हालसम्म नेपालको १ हजार ३ सय वर्ग किलोमिटर जमिन मिचेको दावी गर्दै त्यसको विरोधमा विभिन्न अभियान संचालन गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


यता, सरकारले भने वीरगंजमा भारतले नेपालको सीमा नमिचेको स्पष्टीकरण दिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले वीरगंजमा नेपाली भू–भाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने दावी गरे ।

उनले नापी विभागले प्रमाणको आधारमा मात्रै आफ्नो कार्य सम्पादन गर्दै आएको तर्क समेत गरे । नापी विभागले वीरगंजमा भारतले नेपाली भूमिका मिचेको हो–होइन, छानविन गर्न निर्देशक नेतृत्वकै टोली फिल्डमा पठाइ सकिएको पनि जनाएको छ । विभागले वीरगंज नगरपालिकास्थित नेपाल भारत सीमामा नेपालको ५० विघाभन्दा बढि जमिन मिचिएको भन्ने समाचारको खण्डन गर्दै आएको छ ।

यस्तै आजै नेविसंघ, तरुण दल लगायतले काठमाडौँमा र्‍याली निकालेका थिए ।