एजेन्सी—  मंगलबार राति गाजाको अल-अहली अल-अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण भएको छ । उक्त आक्रमणमा परि ५ सय जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । अस्पतालमा युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए ।


ADVERTISEMENT


इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी गरेका छन् । नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’


ADVERTISEMENT

# # #


इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पतालमा आक्रमणको दोष इस्लामिक जिहादमाथि लगाएको छ । उसले भनेको छ, ‘इजरायलमाथि थुप्रै रकेट प्रहार भएका थिए, त्यसैमध्येको एउटा रकेटले गाजाको अस्पताललाई निशाना बनायो । हामीसँग रहेको गुप्त सूचनाका अनुसार अस्पतालमा भएको रकेट आक्रमणका लागि इस्लामिक जिहाज आतङ्कवादी संगठन जिम्मेवार छ ।’

यसबारे हमासको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।