काठमाडौं-दुई सातादेखि फैलिएको भाइरल ज्वरोले ५ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बिरामी छन्। लामो खडेरीले खाडाचक्र नगरपालिकाका २, ३ र ४ नम्बर वडामा भाइरल फैलिएको हो।


ADVERTISEMENT


खाडाचक्र ४ का दत्त विश्वकर्माका ९ महिनाका छोरा लक्ष्मण, संगीता सुनारकी एकमहिने छोरी रश्मि, गोबी विश्वकर्माका डेढ महिनाका छोरा दीपकको मृत्यु भएको वडाध्यक्ष धनसिंह कामीले बताए । तीनै बालबालिका एकै टोलका हुन्। उनका अनुसार ४ नम्बर वडाको दलित टोलमा मात्र ७० जना बिरामी छन्।


ADVERTISEMENT

# # #


दुई साताअघि ३ नम्बर वडाका वृद्ध बुदे पाण्डेको भाइरल ज्वरोले मृत्यु भएको थियो भने सोही गाउँका ७४ वर्षीय महानन्द पाण्डेको बिहीबार मृत्यु भएको आफन्त कुम्मे पाण्डेले जानकारी दिए । दलित टोलमा फैलिएको भाइरल ज्वरो नियन्त्रणका लागि जिल्ला अस्पतालबाट कोही नआएको वडा सदस्य जय विकले गुनासो पोखे।

खाडाचक्र ४ ताडीमा बिरामी परेको खबर आए पनि धेरै विरामी भएको आफूलाई जानकारी नभएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए ।