काठमाडौं-सिन्धुपाल्चोकको सखुवा र दाङको बगलाचुलीमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सखुवामा तीनजना र बगलाचुलीमा एकजनाको ज्यान गएको हो ।


ADVERTISEMENT


सीमाक्षेत्र तातोपानीबाट बाह्रबिसे बजारतर्फ आइरहेको ना१च ९९५० नम्बरको बोलेरो जिप बिहीबार सानो सखुवामा दुर्घटनाग्रस्त हुँदा तीनजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


बाह्रबिसे नगरपालिका मानेश्वरकी १४ वर्षीया गोमा तामाङ, १५ वर्षीया पासाङ तामाङ र १६ वर्षीया समीक्षा गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते तीनजनालाई उपचारका लागि राजधानी लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले बताए ।

दाङको बंगलाचुली गाउँपालिकामा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ घाइते छन् । प्यूठानबाट दाङतर्फ आउँदै गरेको लु१ज २६५४ नम्बरको जिप बंगलाचुली–७ आँपडाँडामा पल्टिँदा जिपमा सवार सरुमारानी गाउँपालिका–५ प्यूठानका २५ वर्षीय कविराम बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सरुमारानी–५ प्यूठानकै मोमबहादुर बल्ली र सुदन विक घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामप्रसाद घर्तीले बताएका छन् ।