काठमाडौं-पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी अनिश्चितकालीन आमहडतालका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना सञ्चालन हुन सकेका छैनन् ।


ADVERTISEMENT


पूर्व-पश्चिम राजमार्गमा राति पनि गाडी चल्न दिइएको छैन । शनिबार दिउँसो राजमार्गमा जनप्रदर्शन गरी पूर्णरुपमा अवरोध गर्ने सर्बदलीय सर्बपक्षीय संघर्ष समितिका सचिव निर्मल आचार्यले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


जिल्लाका मुख्य बजार र सडकमा निरन्तर प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले ठाउँठाउँमा टायर बालेर सडक अवरोध गरेका छन् ।

चार दिनदेखि यातायातका साधन चल्न नसक्दा आवतजावत ठप्प भएको हो । सयौं यात्रु सडकमा अलपत्र परेका छन् ।

दाङलाई अस्थायी मुकाम तोक्ने निर्णय नगर्दासम्म आमहड्ताल जारी रहने संघर्ष समितिका संयोजक टिकाराम खड्काले बताएका छन् । आन्दोलनकारीले शुक्रबार जिल्लाका सरकारी कार्यालय समेत बन्द गराएका थिए । सरकारी कार्यालयमा पनि आन्दोलनकारी प्रबेश गर्न थालेपछि प्रहरीले सबै सरकारी कार्यालयमा सुरक्षा सतर्कता बढाएको छ ।