काठमाडौं-पार्टी नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्र विराटनगरमा १ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेको विरोधमा कांग्रेस धनकुटाले सामुहिक राजीनामा दिएका छन् ।


ADVERTISEMENT


पार्टी नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापति सहित सबैले सामुहिक राजीनामा दिएका हुन् । नेपाली कांग्रेस धनकुटाले पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी लगायतले आजैको मितिदेखि लागु हुने गरी साधारण सदस्य समेत नरहने गरी सामुहिक राजीनामा दिएको घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


पूर्वाधार, सामाथ्र्य, सुरक्षा, सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तराष्ट्रिय सिमानाको पनि दृष्टिकोणले उपयुक्त रहेको धनकुटालाई उपेक्षा गरेर पार्टी नेतृत्वको सरकार अगाडी बढेकाले पार्टी भन्दा माथि उठेर नैतिकताको आधारमा पनि आफूहरुले राजीनामा दिएको पार्टी सभापति पौडेलले बताए ।

पत्रकार सम्मेलनमा पार्टी सभापति अग्नीप्रसाद पौडेलले धनकुटालाई अन्याय हुने गरी आफ्नै पार्टी सभापति नेतृत्वको सरकारले निर्णय गरेकाले सबैले राजीनामा दिनु परेको बताएका छन् ।

कांग्रेस धनकुटाले सामुहिक राजीनामा गरेपछि पार्टी कार्यालयमा कालो झण्डा गाडेर कार्यालय बन्द गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पुरै पहाडलाई उपेक्षा गरी भारतीय सीमा नजिक रहेको विराटनगरलाई राजधानी घोषणा गरेर गल्ती गरेकाले त्यो निर्णय सच्याएर धनकुटालाई प्रदेशको राजधानी नतोकिएसम्म पार्टी कार्यालय पनि बन्द गरिने पार्टी सचिव विजय सन्तोषी राईले बताए ।