काठमाडौँ– प्रदेश नम्बर २ का १०७ जना सांसदहरुले तीन भाषामा सपथ लिएका छन्। केहीबेरअघि जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा उनीहरुले सपथ लिएका हुन्।


ADVERTISEMENT


‘मैले मैथिलीमा सपथ लिएँ, अरु साथीले अन्य भाषामा सपथ लिनुभयो,’ समाजवादी फोरमबाट महोत्तरीका प्रदेश सभा सदस्य सरोजकुमार सिंहले भने।


ADVERTISEMENT

# # #


दुई नम्बर प्रदेशका सांसदले नेपाली, मैथिली र भोजपुरीमा सपथ लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दीलिपकुमार यादवले जानकारी दिए।