काठमाडौं– एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सुरु भएको छ ।


ADVERTISEMENT


बैठक ३ बजेबस्ने भनिएपनि निर्धारित समयभन्दा केही ढिलोगरीमात्रै सुरु भएको छ । बैठकमा दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै एकता संयोजन समिति र कार्यदलका नेताहरु सहभागी छन् ।


ADVERTISEMENT

# # #


बैठकमा यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि साझा उम्मेदवार तय र प्रदेश सभा गठन गर्न गठित ६ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाउनेछ । साथै पार्टी एकताका लागि यो बैठकले अर्को कार्यदल गठन गर्ने बताइएको छ ।