धनकुटा – धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।


ADVERTISEMENT


धनकुटा नगरपालिका— १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भीमा  र उनीहरूको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् ।


ADVERTISEMENT

# # #


टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार उनीहरूकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि टिकारामले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमानश्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो । त्यसपछि घरमा तीन जना मृत फेला परेका थिए ।

प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । मृत्युको कारण खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आत्महत्या जस्तो देखिएको डीएसपी महर्जनले बताए ।

‘घाउचोट देखिएको छैन, मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि थाहा होला,’ महर्जनले भने ।