काठमाडौं-पाँचथर प्रहरीले एक १८ वर्षीय युवकलाई लागू औषधसहित फिदिमबाट पक्राउ गरेको छ।


ADVERTISEMENT


प्रहरीले पाँचथरको फिदिम नगरपालिका–१० याङ्नाम घर भई फिदिम–२, पल्लोटारमा बस्ने युरोप जवेगूलाई पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


जवेगूको साथबाट एनट्रोजुम १० (निइट्राजेपाम ट्याबलेट सिप) ११ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। लागू औषध जिल्ला सदरमुकाममै विक्री वितरण भइरहेको तथा प्रयोग बढिरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा जवेगूलाई सोमबार साँझ ७ बजे फिदिमबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनलाई पाँचथर जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए।