काठमाडौं-यो सिजन स्पेनिस महारथि रियल मड्रिडको खराब यात्रा जारी छ । गएराति घरेलु मैदान सान्टियागो बर्नाबाओमा भएको कोपा डेल रे क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा मड्रिड लेगानेससँग २–१ ले पराजित भएको हो ।


ADVERTISEMENT


लेगानेसको मैदानमा भएको पहिलो लेगको खेलमा १–० ले विजयी मड्रिड दोस्रो लेगमा भने २–१ ले पराजित हुँदै कोपा डेल रे बाट बाहिरिएको हो । दुवै लेगको गोलसंख्या २–१ भए पनि लेगानेसले २ अवे गोल धेरै गरेपछि रियल बाहिरिन बाध्य भयो ।


ADVERTISEMENT

# # #


घाइते क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलबिना मैदानमा उत्रिएको रियललाई हराउने क्रममा लेगानेसबाट खेलको ३२ औँ मिनेटमा एरासो र गाब्रियले गोल गरे पराजित रियलका लागि करिम बेन्जेमाले खेलको ४७ औँ मिनेटमा गोल गरेका थिए ।

स्पेनिस ला लिगामा पनि लिडर बार्सिलोना भन्दा १५ अंकले पछि परेको रियल कोपा डेल रे मा पनि पराजित भएपछि म्यानेजर जिनेदिन जिदानमाथि थप संकट बढेको छ ।