बझाङ-केदार स्यु गाउँपालिका–१ बाट २१ किलो ८ सय ग्राम चरेससहित दुर्गाथली गाउँपालिका–६ का ३० वर्षीय कलक जाग्री पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार जाग्रीलाई चामल दिने आश्वासनमा दोस्रो व्यक्तिले चरेस ढुवानी गर्न लगाएका थिए ।


ADVERTISEMENT


जिल्लामा प्रत्येक वर्ष ठूलो परिमाणमा चरेस बरामद भए पनि यसको व्यापार नरोकिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्ष ०७४/७५ मा मात्र ८० किलो ४ सय ग्राम चरेस बरामद गरिसकेको छ । पटक–पटक अवैध चरेस बरामद गरे पनि प्रहरीले वास्तविक चरेस व्यापारीलाई भने पक्राउ गर्न सकेको छैन ।


ADVERTISEMENT

# # #