काठमाडौं-कैलालीको लम्कीबाट दुर्लभ चितुवाको छाला र हड्डीसहित एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह नेपालगन्जको टोलीले चितुवाको छाला ३ थान र ६ किलो हड्डीसहित कालिकोटको पलाता गाउँपालिका–२ का कर्ण कामीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


कामीलाई लम्कीचुहा नगरपालिका–३ पितमारीस्थित हिमशिखर होटेलबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


चितुवाको छाला र हड्डी रहेको जानकारी पाएपछि ग्राहक बनेर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।