काठमाडौं-मेसी र स्वारेजले गोल गरेपछि बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पानियोललाई २–० ले हराउँदै समग्रमा २–१ के जितसहित बार्सिलोना अन्तिम चारमा प्रवेश गरेको हो।


ADVERTISEMENT


पहिलो लेगमा बार्सिलोना १–० ले पराजित भएको थियो। पहिलो लेगमा हारे पनि घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनाले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।


ADVERTISEMENT

# # #


बार्सिलोनाको जितमा दुवै गोल पहिलो हाफमा भएको थियो। खेलको नवौं मिनेटमा लुइस स्वारेजले गोल गर्दै सुरूवाति अग्रता दिलाए। २५ औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे।

पहिलो हाफ २-० ले अगाडि रहेको बार्साले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्न नसकेपनि गोल खाएको थिएन।

खेलमा यही जनवरीमा बार्सिलोनाको कीर्तिमानी मूल्यमा लिभरपुलबाट आएका फिलिप कोन्टिन्हो डेब्यू गरेका थिए। यही खेलमार्फत बार्सिलोना छोड्न लागेका जाभियर मास्चेरानोले फ्यानसँग बिदा लिएका थिए।