काठमाडौं-ईंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले आगामी सन् २०२० सम्म क्लबसँगको अनुबन्ध लम्ब्याउने भएका छन् । ५४ वर्षका माउरिन्होले सन् २०२० सम्म क्लबमै रहने गरी नयाँ अनुबन्धमा हस्ताक्षर गरेका हुन्। उनको कार्यकाल अर्को वर्ष सकिंदै थियो ।


ADVERTISEMENT


हस्ताक्षरपछि माउरिन्होले आफूलाई क्लबले उपयुक्त प्रशिक्षक ठानेकोमा आफू दंग परेको र गज्जपका युवा खेलाडी रहेको टीमले थप उपलब्धी हाँसिल गर्ने प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ । अब कम्तिमा ३ वर्ष सँगै बिताउने भएकाले आफूले खेलाडीसँग मिलेर टीमका लागि नयाँ अवसर सिर्जना गर्ने माउरिन्होले बताए । म्यान्चेष्टर युनाइटेड प्रिमियर लिगमा दोस्रो स्थानमा छ ।


ADVERTISEMENT

# # #


सन् २०१६ मा म्यान्चेष्टर युनाइटेडको प्रशिक्षक बनेका माउरिन्होले त्यसै बर्ष क्लवलाई युरोपा लिग र इएफएल कपको उपाधि जिताएका थिए । यसपटकको प्रिमियर लिग जित्ने सम्भावना सकिइसके पनि च्यायिम्पयन्स लिग र एफ ए कपको उपाधि जित्ने सम्भावना कायमै रहेको उनले बताए ।