काठमाडौं-नयाँ सरकार गठन र पार्टी एकताका विषयमा आज पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुँदैछ ।


ADVERTISEMENT


भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा साँझ हुने छलफलमा कार्यदलस्तरमा भएका प्रगतिका विषयमा छलफल हुने कार्यदल संयोजक एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार पार्टी एकतामा नेताहरुको व्यवस्थापन मुख्य समस्याको रुपमा रहेकाले सो विषयमा पनि दुई अध्यक्षबीच छलफल हुनेछ ।

नयाँ सरकार गठनकोगृहकार्य र सरकारमा अन्य दलको सहभागिताको विषयमा पनि छलफल हुनेछ । राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार उठाएको गठबन्धनले आफुले सरकार बनाउने प्रदेशमा कूल सदस्यको १० प्रतिशत प्रतिनिधित्व रहने गरी सरकार बनाउने सहमति गरिसकेका छन् ।

कंग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति र निर्णयलाई लिएर आक्रामक देखिएका एमाले अध्यक्ष ओलीले दाहालसँगको वान टु वान वार्तामा सो बिषयमा पनि कुराकानी गर्ने बताइएको छ ।