बजारका विभिन्न स्थानमा इ-सेवा जोन लेखिएका काउन्टरहरु तपाईले देख्नु भएको होला । घरमै बसेर मोवाईल तथा अनलाईन मार्फत विभिन्न किसिमका बिल भुक्तनी गर्न सकिने यो सेवाको नेपालमा लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ । जति लोकप्रियता बढ्दो छ । त्यति नै इ-सेवाले आफ्ना सेवा विस्तार गरिरहेको छ । प्रविधीको प्रयोगबाट काम सहज र सरल बनाउनुका साथै रकमको समेत बचत गर्न सकिने उद्देश्यले २६ जनवरी २००९ मा स्थापना भएको यो कम्पनीले भर्खरै नवौँ वार्षिकोत्सव मनाएको छ । यही सेरोफेरोमा इ-सेवाका अध्यक्ष अस्गर अलीसंग हिमालय पोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


इ-सेवाको वार्षिकोत्सव मनाउँदै हुनुहुन्छ । यो बीचको अनुभव कस्तो रह्यो ?


ADVERTISEMENT

# # #


खासगरी नेपालमा अनलाईनको यो नयाँ कन्सेप्ट थियो । यस्तै विजनेस क्षेत्रमा पनि नयाँ थियो । त्यसका विगत सात आठ वर्षदेखि नै हामी सबैभन्दा पहिला ग्राहकलाई चेतनादिने तर्फ गएका छौँ । अनलाईन भुक्तानी किन गर्ने र कसरी गर्ने भन्नेतर्फ उपभोक्तालाई हामीले जानकारी प्रदान गर्‍यौँ । दैनिक उपभोग्य सेवाका लागि जस्तो खानेपानी, बिजुली, इन्टरनेट, टेलिफोन लगायतको पैसा अनलाईनबाट नै गर्दा समयको साथै पैसाको पनि बचत हुन्छ भन्ने हिसाबले हामी बजारमा आयौँ । आजका दिनमा इ-सेवा एउटा ब्रान्डका रुपमा स्थापित भएको छ । यसलाई अझै विस्तार गर्दै लैजाने योजना छ ।

आठ वर्ष अगाडि जनु कन्सेप्ट लिएर तपाईहरु आउनुभयो । यसको विकास चाँहि कसरी भयो ?

अहिलेको परिवेशमा हेर्दा प्रविधि विश्वभर एकदमै चाँडो स्वीकार हुन्छ । जस्तो एप्पल टेन लन्च भयो भने त्यसको केहि महिनामा नै त्यो नेपाल आइपुग्छ । बाहिरतिरको जीवनपद्धतीमा प्रविधिको धेरै उपयोग भएको हामीले देखेका थियौँ । इन्टरनेट छ, हातहातमा स्मार्टफोन छन् भने त्यस्तै प्रविधि हामीले नेपालमा किन प्रयोग नगर्ने भनेर हामी सोच बनायौँ । इन्टरनेटलाई एउटा मनोरन्जनको साधानका रुपमा मात्रै प्रयोग नगरिकन हाम्रा दैनिक जीवनयापनका काममा पनि प्रयोग गर्नुपर्छ भनेर यसको विकास भएको हो । एक हिसाबले भन्ने हो भने बाहिरतिर चलेको कन्सेप्टलाई हामीले नेपालीकरण गरेका हौँ ।

यसको बारेमा जति तपाईहरुले बुझाउनु भएको छ । त्यो जनताको लागि प्रयाप्त छैन् । कयौँ जनताले यसको बारेमा थाहै नपाएका होलान् । उनीहरुलाई पनि बुझ्नेगरी बताइदिनुस् न ।  इ-सेवा भनेको के हो ?

खासगरी इ-सेवा भनेको सामान्यत मोबाइल खाता हो । त्यो मोबाइलमा हामी सामान्य रजिस्ट्रेसन खोलेर डिजिटल मोबाइल एकाउन्टको रुपमा हामी बनाउँछौँ । खाता खोलिसकेपछि तपाईको खातामा ब्यालेन्स शून्य हुन्छ । त्यसपछि तपाईले कुनै एउटा माध्यामबाट आफ्नो मोबाइल खातामा पैसा जम्मा गर्नुपर्ने हुन्छ । त्यसपछि इ-सेवाले दिने कुनै पनि सेवाको लागि तपाईले घरमै बसी मोबाइल मार्फत भुक्तानी गर्नसक्नुहुन्छ । यसमा खाता खोल्नलाई निःशुल्क छ । तपाईले मोबाइलमा आर.इ.जी लेखेर ३२१२१ मा एसएमएस पठाउनु भयो भने हामीले तपाईको खाता दर्ता गर्छौँ । त्यस पछि तपाईलाई युजर नेम र पासवर्ड पठाइन्छ । जसबाट तपाईले मोबाइल, कम्प्युटर वा हाम्रो एप्स छ । त्यसबाट पनि चलाउन सक्नुहुन्छ । यसमा पैसा हाल्नका लागि हामीसंग तीनवटा माध्याम छ । एउटा भनेको तपाईको बैँकको खाताको पैसा इ-सेवा ट्रान्सफर गर्न सक्नुहुन्छ । अर्को भनेको तपाई साथीसर्कलको एकाउन्टबाट पनि पैसा पठाउन सकिन्छ । तेस्रो भनेको हाम्रो बजारमा काउन्टरहरु छन् । जहाँबाट आफ्नो एकान्टमा निःशुल्क पैसा जम्मा गर्न सकिन्छ ।

यसरी जम्मा गरेको पैसा कुन-कुन क्षेत्रमा पठाउन सकिन्छ । के-के छन् सेवाहरु ?

हामीसंग अहिले १२ सय सेवाहरु छन् । तर आम मानिसले दैनिक रुपमा उपभोग गर्ने भनेको खानेपानी, टेलिफोन, बिजुली, मोबाइल रिचार्ज, फिल्म तथा बसको टिकट, प्लेनको टिकटको पैसा तिर्नका लागि नै हो । यस्तै सरकारी शुल्क, स्कुल कलेजको शुल्क, इन्टरनेटको बिल भुक्तानी गर्न उपयोग हुन्छ ।

भनेपछि तपाईको सेवा भनेको इन्टरनेट भएपछि मात्रै उपभोग गर्न सकिन्छ होइन ? कि अरु पनि माध्यम छन् ? कती जनता यसको पहुँचमा छन् ?

इन्टरनेट मात्रै होइन । एसएमएसबाट पनि तपाईले उपयोग गर्नसक्नुहुन्छ । तर एसएमएसबाट गर्नुभयो भने अलि शुल्क लाग्छ । इन्टरनेट भयो भने निःशुल्क हुन्छ । अहिले हामीसंग मौबाइल बैकिंग भएको प्रगोयगकर्ताको संख्या ३० लाख हो । तर जसको बैँकमा खाता छैन । इ-सेवाबाट नै चलाउँछन् भने त्यस्तो खालको ग्राहक अहिले हामीसंग ६ लाख छ । अबको एक वर्षको हाम्रो लक्ष्य भनेको यसलाई १० लाख पुर्याउने हो ।

अबको यात्रा कसरी बढ्छ ?

हामीले प्रविधि पनि विस्तार गर्यौँ । पहिले हामी कुनैपनि निकायबाट नियन्त्रित थिएनौँ । तर अहिले नेपाल राष्ट्र बैँकले एउटा लाइसेन्सको नीति ल्याएको छ । त्यसका लागि हामीले अप्लाई गरेर लाइसेन्स पनि पाएका छौँ । नेपालमा अनलाइन भुक्तानी कस्तो हुने र यसको स्वामित्व कसले लिने भन्ने कुरामा हामी नेपाल राष्ट्र बैँककै रेगुलसनमा भइसकेपछि ग्राहक वर्गलाई एक किसिमको विश्वास जागेको छ । अब हामी यसको बजार विस्तार गर्नतर्फ लाग्छौँ ।

नेपालमा अहिले दुई करोड मोबाइल उपभोत्ता छन् । त्यसमा पनि कम्तीमा १० प्रतिशत(२० लाख) प्रयोगकर्तालाई अहिले भएका सेवाहरुको पहुँचमा पुर्याउँ भन्ने छ । त्यसपछि अन्य थप सेवाहरु जोडिँदै जान्छन् । हामीले अहिलेको रेमिटेन्सको व्यापारलाई परम्परागत भन्छौँ । यसलाई पनि हामी परिवर्तन गर्न खोजिरहेका छौँ । एउटा यस्तो जमात छ । जसलाई अनलाइन भुक्तानी गर्नुपर्छ भन्ने थाहै छैन । तिनीहरुको लागि हामी एउटा क्याम्पियन सुरु गछौँ । एउटा अर्को जमात छ । जसलाई यसको बारेमा थाहा छ । तर ऊ तर्सिरहेको छ । उनीहरुलाई पनि जोड्नका लागि त्यही किसिमको सेवाहरु हामी इ-सेवामा ल्याउँछौँ ।

यसका लागि तपाईहरुले सरकारी स्तरबाट के कस्ता सहयोग भइदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ ?

प्रविधिको प्रयोग राम्रोसंग गर्ने हो भने त्यो पेमेन्ट कै क्षेत्र हो । देशको सबै कारोबारलाई पारदर्शी बनाउनु छ भने भुक्तानी प्रक्रियालाई डिजिटल बनाउनै पर्छ । कसले कती कमाइरहेको छ र कती खर्च गरिरहेको छ अहिले हामीलाई थाहा छैन् । तर अब यो अनलाई भुक्तानीको प्रयोग गर्ने हो भने त्यो कुरा थाहा हुन्छ । त्यसले देशको कारोबारमा पारदर्शीता ल्याउँछ । जसले अहिले भइराखेको भष्ट्रचार, चलखेल जस्ता समस्याको न्युनिकरण गर्न सहयोग पुर्याउँछ । अहिले लोक सेवाको फर्म अनलाईन छ । तर भुक्तानीका लागि कार्यालयमै जानुपर्यो भने अनलाइनमा पर्म भरेको मजा त आउँदैन नि । कतिपयय सरकारी निकायका फर्म अहिले अनलाइन छन् । तर भुक्तानी कै लागि बैकमा घन्टौँ लाइन बसेर फेरि कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्छ । जसले समय र श्रमको बचत हुन्छ । यसका लागि सरकारी स्तरबाट सोच्नुपर्ने हुन्छ ।

अर्को कुरा यसको विश्वव्यापी रुपमा विस्तार गर्नका लागि योजनाहरु के छन् ? किनकी लाखौँ युवाहरु विदेशमा छन् नि ?

विदेशमा बसेका नेपालीहरुलाई इ-सेवा चलाउनका लागि निकट भविष्यमा नै हामी लाग्दैछौँ । अर्को कुरा भनेको नेपालकोजस्तो प्रविधि हामीले भारत अथवा अन्य देशमा पनि  प्रयोग गर्ने भनेर गृकार्य भइराखेको छ । तर पेमेन्ट सिस्टम भनेको त्यो देशको निर्देशनमा हुन्छ । त्यै माटो सुहाउँदो हुन्छ । जस्तो इन्डियामा पेटिएम, बंगलादेशमा बिकास चल्यो । यस्तै केन्यामा एमपेसा चल्यो । केन्याको एमपेसा अन्य देशमा रिभ्यु गर्न सकेन उसले । किनभने जुन केन्याको सस्टिम थियो । त्यो अरु देशमा भएन । बंगलादेशको विकास पनि २०१० देखि आएको हो । त्यसले अरु देशमा पनि गर्न खोजिरहेको छ । तर सकिरहेको छैन । त्यस कारण यो अनलाईन पेमेन्ट भनेको हरेक क्षेत्रको माटो, संस्कृति अनुसार भयो भने चल्छ नत्र चल्दैन ।

अन्त्यमा आफ्ना सम्पूर्ण सेवाग्राहीहरुलाई के भन्नुहुन्छ ?

अहिलेसम्म हामीलाई विश्वास गरेर जुन किसिमको हौसला दिइराख्नु भएको छ । त्यसले हामीलाई अझ जिम्मेवार भएर काम गर्न प्ररित गर्दछ । त्यो विश्वासलाई अझ बढाउनका लागि हामी सक्दो कोशिस गर्नेछौँ ।