काठमाडौं-खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्‍यो ।


ADVERTISEMENT


छरछिमेकले एक साता खाना बनाएर खुवाए । महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर औषधि दिएपछि ज्वरो कम भएको छ । सबै उठेर बस्न सक्ने भएका छन् ।


ADVERTISEMENT

# # #


६० वर्षअघि बुबा पर्से कामीले बनाएको पुरानो घर भत्किएपछि १३ वर्षदेखि छिमेकीले छाडेको घरमा बस्दै आएका माने र उनकी २९ वर्षीया पत्नी नन्दा शारीरिक अपांगता भएका व्यक्ति हुन् । पाखो बारीको उत्पादनले महिना दिन पनि खान पुग्दैन । सात जनाको यो परिवारमा कमाइ गर्ने कोही छैन ।

कालिकोटमा फैलिएका मुख्य महामारी र क्षति

  • ०५५ मंसिरदेखि फागुनसम्म भर्ता, सुकाटिया, कालिका, मान्म, राम्नाकोट, बदालकोट, नानीकोट, रकु, लालु, कोटवाडा, माल्कोटका बस्तीमा भाइरल इन्फ्लुएन्जाले १ सय ३७ को मृत्यु, करिब ४ हजार प्रभावित
  • ०५९ माघदेखि चैतसम्म दादुरा, रूघाखोकीबाट १७ को मृत्यु, १ हजार प्रभावित
  • ०६३ चैतदेखि ०६४ असोजसम्म २३ गाविसमा फैलिएको झाडापखाला र हैजाबाट १ सय ५३ को मृत्यु, बदालकोटको खर्ककोटमा एकै परिवारका ७ जनाको मृत्यु, धौलागोहमा मात्र ४१ जनाको मृत्यु, २ हजार बढी प्रभावित ।
  • ०७२ कालिकोटको मान्म १ चिनाडी कोइरेल गाउँ र मेहेलमुडी ७ तिकुवामा रूघाखोकी र ज्वरोबाट ५ जनाको मृत्यु, ६ सय बढी बिरामी ।
  • ०७४ मंसिर तेस्रो सातायता फैलिएको भाइरल ज्वरोबाट खाडाचक्र ४ मा ३ बालबालिकासहित ८ को मृत्यु, जिल्लाभर ४ हजार बिरामीको उपचार ।

आजको कान्तिपुर दैनिकबाट