काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले जाँदा जाँदै सचिव महेश्वर न्यौपानेको सरुवा गरेका छन् । बिहीबार राति बसेको मन्त्रिपरिषद्को वैठकले मन्त्री देवको प्रस्तावमा सचिव न्यौपानेलाई सार्वजनिक खरिद कार्यालयमा सरुवा गरेको हो ।


ADVERTISEMENT


नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउने मन्त्री देवको प्रस्ताव सचिव न्यौपानेले अस्वीकार गर्दै आएका थिए। मन्त्री देवका विवादास्पद निर्देशनलाई सचिव न्यौपानेले असहयोग गर्दै आएपछि मन्त्रिपरिषद्को निर्णयबाट न्यौपानेको सरुवा गरिएको छ।


ADVERTISEMENT

# # #


यसरी सुरु भयो विवाद

मन्त्री देवले गत भदौ २७ गते मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमलाई हटाउने योजनासहित ११ बुँदे स्पस्टीकरण सोधेका थिए।

मन्त्री देवले गौतमबाट आएको स्पष्टीकरण चित्तबुझदो नरहेको भन्दै फेरि असोज पहिलो साता गौतमसँग २४ घण्टे स्पष्टीकरण माग गरेका थिए। गौतमको जवाफ पुनः चित्तबुझ्दो नरहेको भन्दै मन्त्री देवले मन्त्रालयमा तीन सदस्यीय एक कार्यदल गठन गर्दै संयोजक बनाएर गौतमलाई हाजिर हुन पत्र पत्र काटेका थिए। तर, मन्त्रीको निर्णयलाई निर्वाचन आयोगले बदर गरेको थियो।