काठमाडौं-राष्ट्रिसभामा प्रत्येक प्रदेशबाट एकल संक्रमणीय प्रणालीमार्फत आठ–आठजना निर्वाचित भएर आउनेछन् । तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरी ५९ सदस्यीय राष्ट्रियसभा हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने कार्यक्रम छ ।


ADVERTISEMENT


राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभामा विजयी सदस्य, गाउँपालिका, नगरपालिकाका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख मतदाता हुने व्यवस्था छ । मतदाताको मतभार फरकफरक निर्धारण गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रदेशसभा सदस्यको एक मतलाई ४८ मतभार दिइनेछ । त्यसैगरी स्थानीय तहका मतदाताको एक मतलाई १८ मतभार दिइनेछ।

एकल संक्रमणीय भनेको प्राथमिकतामा आधारमा मत दिने प्रणाली हो । यसमा उम्मेदवारको क्रमसंख्या निर्धारण गरिन्छ र कम मत प्राप्त गर्ने उम्मेदवार सूचीबाट हट्नेछ। -आजको नागरिक दैनिकबाट