काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्ने भएको छ । कम्पनीले कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिने व्यवस्था मिलाउने भएको हो ।


ADVERTISEMENT


ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको सिप्रदीले जनाएको छ । कम्पनीका अनुसार मेला यही पौष २७ गतेदेखि पौष २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडीङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ वीरगंज आयोजना गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन । यस कार्निभलका मुख्य उदेश्य ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको कम्पनीको भनाई छ ।

कार्यक्रमको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।