काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले भारतसंग भएको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा रहेको बताएका छन् ।


ADVERTISEMENT


सिहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले भारतसंग भएको सहमति मुलुकको हितमा रहेको र विद्युत् निर्यातको अन्य विषय छलफलमा रहेको जानकारी दिए । उनले १० वर्षमा १० हजार भन्दा बढि मेगावाट उत्पादन गर्ने योजनाका साथ नै सम्झौता भएको जिकिर गरे । मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना नै तयार भएको धारणा राखे ।


ADVERTISEMENT

# # #


१५ महिनामा एक हजार मेगावाट विद्युत उत्पादन गर्न सफल भएको अवस्थामा १२ वर्षमा २८ हजार मेगावाट उत्पादन सम्भव रहेको उनले बताए । मन्त्री बस्नेतले अहिले पिक आवरमा २ हजार मेघावाट आन्तरिक खपत रहेको र १० बर्षमा १५ हजार मेघवाट दैनिक आन्तरिक खपतमा पुर्याउने दाबी गरे ।

मन्त्री बस्नेतले विद्युत उत्पादनसंगै ट्रान्समिटरलाईन, सवस्टेशन लगायत पूर्वाधारका काम पनि संगसंगै अघि बढाउने बताए ।